दफा २२
करार सम्बन्धी दायित्व पूरा गर्नु पर्ने
: (१) ट्रेड यूनियन आफैले गरेको वा ट्रेड यूनियनको तर्फबाट अधिकार प्राप्त पदाधिकारीले गरेको करारको दायित्व त्यस्तो ट्रेड यूनियन र ट्रेड यूनियनसंग करार गर्ने पक्षले पूरा गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम ट्रेड यूनियन र प्रतिष्ठान वा व्यवस्थापक बीच भएको करारको सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा विवाद उत्पन्न भएको वा मुद्दा गर्नु पर्ने कारण भएको मितिले तीन महिनाभित्र श्रम अदालतमा मुद्दा दायर गर्नु पर्नेछ ।